काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेज्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५७ करोड ४९ लाख नाफा आर्जन गरेको थियो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोडले कम हो । यस अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा बीमा शुल्क रकम ३ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
कम्पनीले गत वर्ष ३ अर्ब ६१ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भने अघिल्लो वर्ष २ अर्ब ८४ करोड दाबी भुक्तानी दिएको थियो ।
यस्तै, कर्मचारी, फाइनान्स, सेवा शुल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा ४ अर्ब रुपैयाँ खर्चिएको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ ।





About Us
प्रतिक्रिया