शिखर इन्स्योरेन्सले ४५ करोड नाफा कमायाे, बीमा शुल्क संकलन १ अर्ब ७१ करोड 


काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ७१ करोड खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ। अघिल्लो आवमा बीमा शुल्क रकम १ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको थियो। कम्पनीले यो समयमा ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा  ४४ करोड ५३ लाख कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा २ करोडले बढी हो। 

कम्पनीले गत वर्ष १ अर्ब ५३ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भने अघिल्लो वर्ष ८६ करोड दाबी भुक्तानी दिएको थियो। यस्तै, कर्मचारी, फाइनान्स, सेवा शूल्क र विभिन्न कमिसन तथा भत्ता शीर्षकमा २ अर्ब रुपैयाँ खर्चिएको छ। यसमा कम्पनीले अभिकर्तालाई ६७ करोड रुपैयाँ दिएको छ भने अघिल्लो वर्ष ३४ करोड रुपैयाँ दिएको थियो ।  

कम्पनीले कर तिर्नुअघि ६४ करोड रुपैयाँ आम्दानी गरेको थियो । राज्यकोषमा १९ करोड रुपैयाँ बुझाएपछि कम्पनीको खुद नाफा ४५ करोड २७  लाख रुपैयाँ भएको हो। कम्पनीको प्रतिशेयर आम्दानी घटेर १५.४९ भएको छ भने अघिल्लो वर्ष १६.७७ रहेको थियो।