काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षकको वित्तीय विवरण सार्वजनिक गर्र्दै ३ अर्ब नाफा कमाएको बताएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २७ करोड नाफा आर्जन गरेको थियो ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको गत वर्ष खुद ब्याज आम्दानी १२.५६ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८४ करोड २५ लाख रुपैयाँ पुगेको छ । जबकी अघिल्लो वर्ष बैंकले ५ अर्ब १३ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकको वितरणयोग्य नाफामा पनि गिरावट आएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १९.८५ प्रतिशत लाभांश वितरण क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड १५ लाख ६३ हजार रुपैयाँ थियो ।
गत वर्षसम्म बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ७५ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।






About Us
प्रतिक्रिया