हिमालयन लाइफ इन्स्योरेन्सको नाफा घटेपनि व्यवसायमा वृद्धि, बीमाशूल्क बापत १७ अर्ब आर्जन



काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनील गत आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६३ करोड ३८ लाख कमाएको थियो । यो अघिल्लो वर्षको तूलनामा ९ करोडले कम हो । कम्पनीले यसअवधिमा बीमाशूल्क बापत १७ अर्ब २६ करोड आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा यही शीर्षकमा १६ अर्ब १९ करोड आर्जन गरेको थियो ।

कम्पनीले गत वर्ष ७ अर्ब ३३ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भने अघिल्लोे वर्ष करीब ५ अर्ब रुपैयाँको कुल दाबी भुक्तानी दिएको थियो । यस्तै, कर्मचारी, फाइनन्स, सेवा बीमाशूल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा २३ अर्ब रुपैयाँ खर्चिएको छ । यसमा कम्पनीले अभिकर्तालाई १ अर्ब ४६ करोड रुपैयाँ दिएको छ भने अघिल्लो वर्ष १ अर्ब ३८ करोड रुपैयाँ दिएको थियो ।

कम्पनीले कर तिर्नुअघि १ अर्व ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । राज्यकोषमा १ करोड २८ लाख रुपैयाँ बुझाएपछि कम्पनीको खुद नाफा ५४ करोड ६९ लाख रुपैयाँ भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी ७.९० रुपैयाँबाट सामान्य घटेर ५.९८ रुपैयाँमा झरेको छ ।