प्रभु इन्स्योरेन्सको खुद नाफा २१ करोड माथि, बीमाशुल्क आर्जन ६३ करोड



काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ \८२ मा ६३ करोड ४९ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५७ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामो बढी हो । वित्तिय विवरण सार्वजनिक गर्दै कम्पनीले ६३ करोड बीमाशुल््क आर्जन गरेको जानकारी दिएको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले २१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १५ करोड २२ लाख नाफा आर्जन गरेको थियो ।

तथ्याकं अनुसार कम्पनीले दाबी भूक्तानीमा २५ करोड रुपैयाँ खर्च गरेको छ । यस्तै, कर्मचारी, फाइनन्स, सेवा शूल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा ६५ करोड ९३ लाख खर्च गरेको छ ।

कम्पनीले कर तिर्नुअघि ३० करोड नाफा कमाएको थियो भने राज्यकोषमा ९ करोड ८३ लाख रुपैयाँ बुझाएपछि कम्पनीको खुद नाफा २१ करोड १९ लाख रुपैयाँ भएको हो । कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ७० पैसा रहेको छ ।