हकप्रद शेयर निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोजको मिति तय 


काठमाडौं –  नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद शेयर प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्ने भएको हो।  

कम्पनीको २०७९ साउन ८ गते बसेको विशेष साधारण सभाबाट पारित निर्णयअनुसार साउन १५ गते धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासनका लागि स्वीकृत गरेको थियो ।