लाइफ इन्स्योरेन्स कर्पोरेसनको २३ औँ साधारण सभा सम्पन्न


काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको गत असार ३० गते २३ औँ साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा सञ्चालक समितिका सदस्य रत्नाकर पट नायकको अध्यक्षतामा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो। 

उक्त सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको छ । र, ०.५२६३ प्रतिशत नगद लाभांशको लगानीकर्ताहरूमा जारी गर्ने प्रस्ताव पारित गरेको छ ।