काठमाडौं – नेपाल बैंकर्स संघ र डिजिटल भुक्तानी प्रदायक कम्पनी भिसाबिच सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धि कार्यक्रम गर्ने सहमति भएको छ। संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भिसासंग सहकार्य गर्ने भएको बताएको हो ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले पछिल्लो समयमा डिजिटल भुक्तानी बढ्दै गएको भन्दै यसबाट घट्ने घटना पनि बढ्दै गइरहेको समयमा नेपाल बैंकर्स संघले वित्तीय साक्षरताका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिए । उनले साइबर सुरक्षामा आउने समस्याहरुलाई समाधान गर्नेगरी साइबर सुरक्षा सम्बन्धि कार्यक्रम गर्न लागिएको उल्लेख गरे ।
उनले पछिल्लो समय डिजिटल भुक्तानी बढ्दा कार्डबाट हुने कारोबार पनि उत्तिकै रहेको बताए । उनले ५ हजार बढी एटीएम रहेको र जसबाट १ करोड १५ लाख कारोबार डेबिट कार्डबाट भएको बताए । तर उनले क्युआर भुक्तानी भने घ करोड बढी रहेको बताए । उनले कार्डबाट ठूलो रकमको कारोबार भएको र डिजिटल माध्यमबाट भने सानो रकमको कारोबार भएको बताए । ‘यो आर्थिक वर्षमा साइबर सेक्युरिटीको सम्बन्धमा जनचेतना फैल्याउने गरी भिसासँग सम्झौता भएको हो ।’ उनले भने, भिसासँगको सम्झौतामा अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा आएका प्रविधि नेपालमा भित्र्याउन सकिने स्रोतको पहिचान गर्नेछौं ।’
भिसाका आनन्द झाले नेपाल बैकर्स संघसंग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै उनले सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धि कार्यक्रम गर्ने सहमती भएको उल्लेख गरे । उनले भिसाले साना तथा मझौला उद्यमको व्यवसाय ग्रोथमा पनि काम गर्ने बताए । उनले यसमा नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेको बताए ।





About Us
प्रतिक्रिया