काठमाडौं – लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको असार मसान्तसम्म ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले गत वर्ष २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष २ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ५ करोड ४७ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले ३२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ९९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।





About Us
प्रतिक्रिया