सानिमा क्यापिटल अन्तर्गतको दुई म्युचुअल फण्डको लाभांश घोषणा


काठमाडौं –  सानिमा क्यापिटल लिमिटेड अन्तर्गतको दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् ।  क्यापिटलको सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्डले आव २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौं सानिमा ग्रोथ फण्डले  इकाइधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ भने  सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत (करसहित) लाभांश प्रस्ताव गरेको हो ।

जसमा सानिमा ग्रोथ फण्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ, त्यस्तै  लार्ज क्याप फण्डले २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।