सानिमा जीआईसीको नाफा ३५ करोड माथि, बीमाशुल्क आर्जन २ अर्ब ५४ करोड पुग्यो



काठमाडौ. – सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन कम्पनीले अघिल्लो आवको यसै अवधिमा कमाएको ३१ करोड ८१ लाख रुपैयाँ कमाएको थियो । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो। अघिल्लो आवमा २ अर्ब ५१ करोड बीमाशुल्क आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ । कम्पनीले अभिकर्तालाई ४ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो आर्थिक वर्षमा कमिसनमा ३ करोड ७२ लाख रुपैयाँ खर्चिएको थियो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ खर्चिएको थियो ।