काठमाडौ. – सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा बढेर ३५ करोड २ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ३४ करोड ५२ लाख रहेको थियो।
साथै, जीवन बीमा कोष वृद्धि भई ४२ अर्ब ३१ करोड पुगेको छ।
खुद बीमाशुल्क आर्जन बढेर ११ अर्ब १८ करोड पुगेको छ । कम्पनीको यस वर्ष प्रतिशेयर आम्दानी ईपीएस बढेर ६.९९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो। गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ३१ करोड १ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ३३ अर्ब ७१ करोड २० लाख रुपैयाँ थियो।





About Us
प्रतिक्रिया