काठमाडौं – नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नाफामा उल्लेख्य सुधार गर्दै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.६५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड पुगेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८४ करोड खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा १० अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको हो ।
बैंकको खुद नाफा र खुद ब्याज आम्दानी बढ्दा पनि लाभांश दिन नसक्ने भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार ऋणात्मक छ । जसका कारण बैंकले लाभांश दिन नसक्ने भएको हो । यता बैंकको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको हो ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रहेको छ भने रिजर्भमा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया