काठमाडौं – शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा ३३ लाख रुपैयाँले सुधार आएको हो ।
बैंकले आर्थक वर्ष २०८०/८१ मा ६८ लाख ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन, गत आर्थिक वर्ष २०८१/८२ मा ६८ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको हो । यो सामान्य वृद्धि हो ।
यसअवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ६६ करोड रुपैयाँ छ । यस्तै, सबै आम्दानी जोड्दा बैंकले कूल ३ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जसमध्येबाट १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी सञ्चालन खर्च गरेको छ ।
बैंकले कर्मचारी शीर्षकमा ७१ करोड रुपैयाँ खर्च गर्दा अनय सञ्चालन खर्चबापत ३३ करोड ८९ लाख र डिप्रिसिएसन शीर्षकमा ८ करोड ७७ लाख रुपैयाँ खर्चिएको छ ।
यससँगै, कम्पनीको प्रति शेयर आम्दानी १४.१२ रुपैयाँ छ । जुन गत वर्ष १४.४८ रुपैयाँ थियो ।



About Us
प्रतिक्रिया