काठमाडौं – लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ६९ लाख खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४०.९७ प्रतिशतले नाफा वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकको नाफा बढ्दा पनि बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.९९ प्रतिशत घटेर ११ अर्ब ३७ करोड कायम भएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ३६ करोड ब्याज आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रहेको छ । जसको आधारमा बैंकले १२.३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । बैंकको अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य नाफा १ अर्ब ३४ करोड रहेको थियो ।
हाल बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ८ करोड ७१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ४.६३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.२५ प्रतिशत पुगेको हो ।






About Us
प्रतिक्रिया