काठमाडौं – नेपाल एसबीआई बैंकको नाफामा गिरावट आएको छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा खुम्चिएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ । जबकी, अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो । यो ९ प्रतिशतको गिरावट हो ।
१० अर्ब ८९ करोड चुक्ता पूँजी रहेको बैंकले ५ अर्ब २६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानीमार्फत ५ अर्ब ७ करोड रुपैयाँ मात्रै आर्जन गरेको थियो । यसअनुसार बैंकको खुद ब्याज आम्दानी बढेको छ ।
६ अर्ब ७८ करोड सञ्चालन आम्दानी गरेको बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन खर्च गरेपछि २ अर्ब १ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यसक्रममा बैंकले कर्मचारीतर्फ १ अर्ब ९७८ करोड रुपैयाँ खर्च गरेको छ ।
बैंकले यस अवधिमा राज्यकोषमा ९० करोड रुपैयाँ कर बुझाएको छ । यसबाहेक, बैंकको नाफा खुम्चिएसँगै प्रतिशेयर आम्दानी समेत घटेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी १६.५४ रुपैयाँ छ । जबकी, गत वर्ष १८.३५ रुपैयाँ थियो ।
नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ । १ अर्ब २३ करोड रुपैयाँ वितरणयोग्य रकम रहेको छ । यसअनुसार बैंकले आफ्ना शेयरधनीहरुलाई ११.२९ प्रतिशत लाभांश वितरण क्षमता राख्छ । गत वर्ष बैंकको लाभांश वितरण क्षमता १०.४९ प्रतिशत थियो ।






About Us
प्रतिक्रिया