महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – महालक्ष्मी विकास बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

बैंकले तोकेको समयअवधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा उक्त शेयर सर्वसाधारमा बिक्री गरिने बैंकले जनाएको छ । बैंकले शेयर कित्ता संख्या भने खुलाएको छैन ।