रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा सम्पन्न 


काठमाडौं – रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत असार गते आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको १५३ औँ बैठकको निर्णयले उक्त सभा अध्यक्ष उदय नेपाली श्रेष्ठको सभापतित्वमा आम्रपाली व्यांकेट, भाटभटेनी काठमाडौंमा सम्पन्न भएको हो । 

यस सभाले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस शेयर र ०।६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते बुक क्लोज गरेको थियो । यसर्थ जेठ २५ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यस कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।