काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमा प्रति प्रतिशोध साधेको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाएको बारे टिप्पणी गरेका हुन् ।
सहकारीमा गरेको बचत हिनामिना गर्न सयौँ व्यक्तिमाथि मुद्दा चलेको तर रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भन्ने भाष्य बनाइएको भन्दै ओलीले आपत्ति जनाए।
एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौंमध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुन-कुन व्यक्तिमाथिको थुना जायज हो ?’ उनले प्रश्न गरे ।



About Us
प्रतिक्रिया