छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर ब्रिकी गर्ने भएको छ । संस्थाले १ लाख कित्ता शेयर आज साउन २८ गतेबाट बिक्रीमा राखेको हो ।

सो शेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको छ । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ।

यस्तै, संस्थापक शेयरको बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।