काठमाडौं – शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड ४१ लाख नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सुधार आएको उल्लेख गरेको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
अघिल्लो वर्ष सिमेन्ट उत्पादन गरेर ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष सिमेन्ट उत्पादन बिक्री गरेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख छ भने रिजर्भमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको छ।






About Us
प्रतिक्रिया