बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, वितरणयोग्य नाफामा समेत उल्लेख्य वृद्धि


काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले १.०९ प्रतिशत नाफा बढाउँदै गत आर्थिक वर्षमा ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको हो ।

ग्लोबल बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो । जुन, गत वर्षको तुलनामा ७ करोडले न्यून थियो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । जबकी, अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाा रहेको थियो ।

नाफामा सामान्य बढोत्तरीसँगै लाभांश क्षमता १४.११ प्रतिशत रहेको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा अत्याधिक वृद्धि हो । किनकी, अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा जम्मा ५० करोड ६७ लाख रुपैयाँ थियो ।

प्रकाशित विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ छ । यो भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष बैंकको प्रतिशेयर आम्दानी १६.११ रुपैयाँ थियो ।