खुम्चियो सलिको इन्स्योरेन्सको नाफा, ४० करोड खुद नाफा


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आर्थिक वर्ष २०८१/८२ मा ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ४० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तथ्यांकअनुसार कमपनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा खुम्चिएको छ । तथ्यांकले ६ करोड रुपैयाँ हाराहारीले कम्पनीको नाफा घटेको देखाएको छ ।

यस्तै, नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत खुम्चिएको छ । अघिल्लो वर्ष २३.४४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यो वर्ष १५.३७ रुपैयाँमा आएको छ । कम्पनीले यस अवधिमा २ अर्ब ११ करोड खुद बीमा शूल्क कमाएको थियो भने ३ अर्ब ११ करोड रुपैयाँ कूल आम्दानी आर्जन गरेको थियो ।

जसमध्येबाट १ अर्ब ६९ करोड बीमा दाबी भुक्ताीसहित २ अर्ब ५४ करोड रुपैयाँ कूल खर्च गरेको थियो । यसपछि कर बुझाउनुअघि कम्पनीको नाफा ५७ करोड ६० लाख रुपैयाँ थियो । सलिकोले १७ करोड २८ लाख रुपैयाँ राज्यकोषमा बुझाएको छ ।