फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक समूहको शेयर बोलपत्रद्वारा बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३८७.०३ रुपैयाँ तोकिएको उक्त संस्थापक शेयरमा सर्वसाधारका भदौ १६ गतेभित्र आवेदन दिन सकिने गरी बिक्री खुला गरेको हो ।

उक्त बोलपत्र पेश गर्दा कम्तीमा १ हजार कित्ताका लागि र बढीमा १०० ले निःशेष भाग जाने गरी वा सबै कित्ता माग गर्न सक्नेछन् ।

इच्छुकले उक्त शेयरमा भदौ १६ गतेभित्र काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले रहेको छ ।