श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनलको नाममा रहेको १५ हजार १३१ कित्ता र दिपेन्द्र टण्डनको नाममा रहेको ७ हजार ५६५ कित्ता शेयर गरी जम्मा २२ हजार ६९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

संस्थाले यस अघि विद्यमान संस्थापक शेयरधनीको नाममा बिक्री गरेको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट तोकिएको समयभित्र कुनै निवेदन नआएपछि सो शेयर संस्थाले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले आवश्यक कागजातसहित काठमाडौंको डिल्लीबजारस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।