सिद्धार्थ प्रिमियरले कमायो ७१ करोड, बीमा शूल्कबापत २ अर्ब आम्दानी


काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६८ करोड ८१ लाख ८९ हजार नाफा कमाएको थियो । जुन, गत आर्थिक वर्षको तुलनामा २ करोड ५० लाख रुपैयाँले न्यून हो ।

यस्तै, कम्पनीले गत आर्थिक वर्षमा कूल ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको बीमा शूल्क आर्जन गरेको थियो । जसमध्ये २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी बीमा शूल्क हस्तान्तरण गरेको छ ।

यससँगै, कम्पनीले गत आर्थिक वर्षमा बीमा शूल्कबापत कूल २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । यसबाहेक, अन्य आम्दानी समेत जोडेर कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ कूल आम्दानी गरेको थियो ।

जसमध्ये १ अर्ब १४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यस्तै, कर्मचारी, फाइनान्स, सेवा शूल्क, कमिशन भक्ता लगायत गरी कम्पनीले २ अर्ब ८ करोड कूल खर्च गरेको थियो । यसैगरी, कम्पनीले कर तिर्नुअघि १ अर्ब १ करोड रुपैयाँ आर्जन नाफा गरेको थियो ।

यसबाट, २९ करोड ७८ लाख रुपैयाँ कर बुझाएपछि ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीको नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी (ईपीएस) समेट बढेको छ । ईपीएस बढेर २५.४१ रुपैयाँ पुगेको छ । जबकी, अघिल्लो आर्थिक वर्षमा कम्पनीको ईपीएस २४.५२ रुपैयाँ थियो ।

यस्तै, प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ छ भने अर्निङ पर शेयर ३३ रुपैयाँ कायम छ ।