एनएमबि बैंकको नाफासँगै बढ्यो ब्याज आम्दानी, लाभांश क्षमता कति ?


काठमाडौं – एनएमबि बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वननिक गर्दै नाफामा सुधार भएको बताएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २४ करोड नाफा आर्जन गरेको थियो ।

यस्तै, गत वर्ष बैंकले ८ अर्ब २ करोड खुद ब्याज आम्दानी गरेको छ जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड खुद व्याज आम्दानी गरेको थियो । यता बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेकोमा गत वर्ष धनात्मक रहेको छ । अघिल्लो वर्ष ९ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेकोमा गत वर्ष १ अर्ब ९० करोड ९५ लाख रुपैयाँ धनात्मक रहेको हो। जसका आधारमा बैंकको लाभांश क्षमता १०.४० प्रतिशत देखिएको छ ।

हाल बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख रहेको छ भने बैंकको रिजर्भमा १२ अर्ब ३२ करोड रहेको छ ।