काठमाडौं – हिमालयन बैंकको नाफामा सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.१५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड २५ लाख बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा भने बैंकले १ अर्ब २३ करोड ८३ लाख नाफा कमाएको थियो ।
यस्तै, बैंकको सञ्चालन नाफामा पनि सधार आएको छ । बैंकको सञ्चालन नाफा २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ । यता बैंकको वितरणयोग्य नाफा भने यो वर्ष पनि ऋणात्मक नै छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ४४ करोड ऋणात्मक रहेकोमा यो वर्ष केही घटेर ७ अर्ब १० करोड कायम छ । यसले बैंकले लाभांश वितरण गर्न नसक्दा शेयरधनीहरुको हात खाली रहने देखिएको छ ।
यस्तै, बैंकको रिजर्भमा २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ भने गत वर्ष बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड पुगेको छ । बैंकले गत आर्थिक वर्षमा १० अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कमिसन आम्दानी १ अर्ब १५ करोड १४ लाख रुपैयाँ रहेको छ । यसैगरी बैंकले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यवस्था प्रोभिजनिङ गरेको छ ।



About Us
प्रतिक्रिया