लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी मार्गदर्शन जारी


काठमाडौं – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूका लागि लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी मार्गदर्शन जारी गरेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई सो निर्देशन जारी गरेको हो ।

भुक्तानी सेवा प्रदायकले अबदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने भएको छ । यो मार्गदर्शन जारी गर्नुको मुख्य उद्देश्य तोकिएका व्यक्तिलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा भङ्ग गर्न नदिनु हो ।