नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्ब आसपास 

‘ बैंकिङ्ग समूहमा ०.३३ प्रतिशतको गिरावट’


काठमाडौं –  आज साताको  पहिलो कारोबारको दिन साेमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ८६ अंकले घटेर बजार २८ सय २० दशमलव ५०  को विन्दुमा कायम भएको छ । आज ३०  कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ५० लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा १० अर्ब १८ करोड आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ६८ रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइस्यनेरेन्सको ४२ करोड रुपैयाँ आसपास शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिर्भस फल्स पावरका लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ६४ प्रतिशतका दरले गुमाएका हुन् ।

आज सर्वाधिक शेयर मूल्य घट्नेमा विकास बैंक र माइक्रोफाइनान्स रहेको छ । विकास बैंक र लघुवित्तको सकारात्मक रिपोर्ट सार्वजनिक हुँदा समेत मूल्य बढ्न सकेको छैन । यसदिन विकास बैंकको २.४३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.३३ प्रतिशत, फाइनान्सको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०६ प्रतिशतले शेयर मूल्य घटेको छ ।