स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त 


काठमाडौं – स्वावलम्बन लघुवित्त  वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. कुसुम शाक्य नियुक्त भएका छन् । कम्पनीको साउन २६  गते आज बसेको सञ्चालक समितिको ४६३ औँ बैठकको निर्णयअनुसार उक्त पदमा शाक्य नियुक्त भएका हुन् ।

कम्पनीले शाक्यलाई आजदेखि लाग हुने गरी ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।