सानिमा बैंकको नाफा बढ्दा लाभांश क्षमतामा पनि वृद्धि, अन्य सूचक कस्तो ?


काठमाडौं – सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा नाफा वृद्धि गरेको छ । बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढेको बताएको हो ।

अघिल्लो आर्थिक वर्ष २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढी हो ।

यस्तै, बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७३ लाख ३७ हजार रुपैयाँ थियो ।

यसैगरी, गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा बढेर १.२१ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही भने बैंकको खराब कर्जा ०.५१ प्रतिशत थियो।

बैंकको प्रतिशेयर आम्दानी बढेर १८.९३ रुपैयाँ कायम भएको छ। चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रिटर्न अर्निङमा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ रहेको छ।