जुलाईमा भारतको जीवन बीमा कम्पनीहरूको प्रिमियम आम्दानी २२ प्रतिशतले बढ्यो 


काठमाडौं – भारतको  जीवन बीमा कम्पनीहरूले  २०२५ को जुलाईमा  प्रिमियम आम्दानी २२.४ प्रतिशतले बढाएका छन्।  प्रिमियम आम्दानी भारतीय ३८,९५८ करोड पुगेको छ । यो वृद्धिमा निजी कम्पनीहरूका साथै सरकारी स्वामित्वको लाइफ इन्स्योरेन्स कर्पोरेसन दुवैको योगदान रहेको छ।

२०२४ जुलाईमा यो प्रिमियम आम्दानी  भारतीय ३१,८२२ करोड थियो । जीवन बीमा परिषद्ले संकलन गरेको तथ्याङ्कअनुसार  उद्योगको वार्षिक वृद्धिदरको पूर्वानुमान १०–१२ प्रतिशत को बीचमा राखिएको भए तापनि आगामी महिनाहरूमा यो वृद्धिदर कायम रहन्छ कि रहँदैन भन्ने कुरामा विज्ञहरू प्रतीक्षारत रहेका छन् । 

जीवन बीमा कम्पनीहरूले ३,४७,५६१ भन्दा बढी व्यक्तिगत बीमा अभिकर्ता थपेका छन् । जसकारण कुल अभिकर्ता सङ्ख्यामा २.२७ प्रतिशतको वृद्धि भएको छ। अप्रिलदेखि जुलाईको अवधिमा बीमा प्रिमियम ९ प्रतिशतले वृद्धि भई भारु १.३२ लाख करोड पुगेको छ। यस अवधिमा निजी बीमा कम्पनीहरूको नयाँ व्यवसाय प्रिमियम २२ प्रतिशतले वृद्धि भई भारु १६,३४० करोड पुगेको छ।