काठमाडौं – विगतका वर्षमा झैँ यस वर्ष पनि युएईमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको छ ।’संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गर: आदिवासी समुदायका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्माण गर; प्रदेश तथा स्थानीय तहमा मातृभाषाको प्रयोग सुनिश्चित गर’ भन्ने मूल नाराका साथ युएईमा ३१औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस २०२५ भव्य रूपमा मनाइएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ युएई (नेफिन युएई) र यससँग आबद्ध ११ वटा जातीय सङ्घ-संस्थाको संयुक्त आयोजनामा आज (अगस्ट १०) का दिन दुबईस्थित SK7 क्लबको सभा हलमा सयुक्त अरब एमिरेट्स (यूएई)दुबई महावाणिज्य दूतावास (कन्सुलेट) का उप-महावाणिज्य दूत कृष्णप्रसाद चापागाईं प्रमुख आतिथ्ययतामा कार्यक्रम मनाइएको हो ।

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले अगस्ट ९ लाई विश्व आदिवासी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाइँदै आएको छ। अगस्ट ९ काे अवसरमा शनिबार नेपालमा पनि काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएकाे थियाे ।
दिवसकाे अवसरमा राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन पनि गरिएकाे थियाे । तर, युएईमा सार्वजनिक बिदा नपर्ने भएकाले नेपाली समुदायले सुविधाअनुसार अगस्ट १० का दिन कार्यक्रम आयोजना गर्दै मनाएका हुन् ।

हालसम्म नेफिन युएईमा तमु समाज युएई, नेपाल मगर संघ युएई, तामाङ समाज युएई, किरात राई यायोख्खा युएई, किरात याक्थुङ चुम्लुङ युएई, थारु कल्याणकारी सभा युएई, नेवा: पुचः युएई, शेर्पा किदुङ युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, सुनुवार सेवा समाज युएई, माझी समाज युएई आबद्ध छन्। साथै, राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएईको सहकार्य रहेको छ ।






About Us
प्रतिक्रिया