कञ्चनपुर – महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा आज बिहान दुई बालिका बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्। उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ। उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया