पशुपति आर्यघाटको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ 


काठमाडौं – पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घाटका एक घाटे ब्राह्मण रहेका छन् ।

उनले काभ्रेको बनेपा– ९ का राम शाहीको शवबाट मासु र हड्डी निकालेका थिए । मृतकका आफन्तहरूले दिएको उजुरीका आधारमा उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुलदिप चन्दले बैंकिङ्ग समाचारलाई बताए । पक्राउ परेका ब्राह्मणलाई काठमाडौंको गौशाला प्रहरी वृत्तमा राखिएको छ।

चन्दका अनुसार प्रहरीमा ब्राह्मणविरुद्ध अभद्र व्यवहारमा मृतकका आफन्तले जाहेरी दिएका छन् । उनी गौशाला  प्रहरी वित्तको थुनामा रहेका छन् । यस घटनामा सोमबार मात्र म्याद थपेर थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।अनुसन्धानको क्रममा उक्त कार्यको पछाडिको उद्देश्य र अन्य व्यक्तिहरू संलग्न भए–नभएकोबारे पनि प्रहरी स्पष्ट पार्ने प्रयासमा छ।