काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च हो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया