काठमाडौं – नबिल बैंकले सुन जाँचकी (गोल्ड टेस्टर) पदमा कर्मचारी माग गरेको छ । बैंकको काठमाडौं, बाग्लुङ, विर्तामोड, मलंगवा, घोराही, सुर्खेत र फिदिमस्थित शाखा कार्यालयहरूबाट सुन कर्जा सेवा विस्तार गर्नका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजातसहित भदौ ५ गतेभित्र बैंकको वेबसाइडको माध्यमबाट अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदकले एसएलसी/एसइई उत्तीर्ण गरेको, नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष सुन जाँचकीको रूपमा काम गरेको साथै दरखास्त दिने मितिसम्म कम्तीमा ३० वर्ष पुगेका व्यक्तिले सो पदमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया