काठमाडौं – कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको हो ।
गत वर्ष बैंकको खुद नाफा ४३.३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवको असार मसान्तसम्म बढेर ४ अर्ब १५ करोड रुपैयाँ नाघेको हो।
यता बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड कायम भएको हो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा पुगेको छ ।
हाल यो बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यो अवधिमा बैंकले २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।



About Us
प्रतिक्रिया