सिटिजन्स बैंकको नाफामा २ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?


काठमाडौं – सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा बैंकले १ अर्ब २९ करोड ३३ लाख खुद नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो । 

बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। समिक्षा अवधिमा बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेकाे छ।

यस्तै, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँमा खुम्चिएकाे छ। बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २५ पैसा हो ।

अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी ५.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.९४ प्रतिशत, आधार दर ६.२५ प्रतिशत र कस्ट अफ फण्ड ४.४९ प्रतिशत छ । बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ। कुल कर्जामा निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा गत असार मसान्तसम्म ४.९४ प्रतिशत छ, पहिले ४.१० प्रतिशत थियो ।