काठमाडौं – अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेपी मोर्गन चेस् र बैंक अफ अमेरिकाले आफुलाई ग्राहकको रुपमा अस्वीकार गरेको बताएका छन् । उनले एक अन्तरवार्तामा जेपी मोर्गन चेस्, बैंक अफ अमेरिका र अन्य बैंकहरूले उनको एक अर्ब डलरभन्दा बढी निक्षेप लिन अस्वीकार गरेको बताएका हुन् ।
उनले देशका सबैभन्दा ठूला बैंकहरूले निक्षेप अस्वीकार गर्दा आफ्नो पैसा साना बैंकहरूमा राख्नुपरेको बताएका छन्। ‘बैंकहरूले मलाई नराम्रोसँग विभेद गरे,’ ट्रम्पले भने ।






About Us
प्रतिक्रिया