साताको सुन: २९ सयले मूल्य बढ्दै २ लाख आसपास पुग्यो 


काठमाडौं – यो साताको आइतबार प्रतितोला सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो । मूल्य बढेसँगै आइतबार प्रतितोला सुन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको सुनको मूल्य सोमबार पनि तोलामा १ सय रुपैयाँले बढ्दै  १ लाख ९६ हजार ५ सय रुपैयाँ पुग्यो ।

यस्तै, मंगलबार १९ सय रुपैयाँले बढ्दै ऐतिहासिक बिन्दुमा पुगेको सुन  १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भयो ।मंगलबारसम्म लगातार बढेको सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढ्दा बिहीबार स्थिर रह्यो । बिहीबार प्रतितोला सुन १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भयो ।

शुक्रबार तोलामा १ हजार रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भयो । यो साता समग्रमा सुनको मूल्य २९ सयले बढ्यो ।