सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ


काठमाडौं – आज सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । आज प्रतितोला सुन एक हजार रुपैयाँ बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो। सुनको मूल्य बिहीबार सोही मूल्यमा स्थिर थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।