काठमाडौं – सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ काे चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । यस्तै, समिक्षा अवधिमा खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा गत अर्थिक वर्ष यो बढेर ८ अर्ब ४३ करोड पुगेको छ ।
नोक्सानी व्यवस्थापनवापत छुट्याइएको रकम सामान्य बढेको छ । यस्तो रकम पहिले १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म १ अर्ब ३१ करोड रुपैयाँ छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ । पहिले २१ रुपैयाँ ८६ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले २४ रुपैयाँ १० पैसा छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिशेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो ।
बैंकको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता पूँजी १४ अर्ब रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले २.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म २.६२ प्रतिशत छ ।



About Us
प्रतिक्रिया