काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०७५/७६ सम्मको पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।
विभिन्न साधारण सभाबाट पारित भएको पाँच वर्षभन्दा पुरानो नगद लाभांश केही शेयरधनीले अझैसम्म नलिएकाले संस्थाले उक्त लाभांश लिन बोलाएको हो। कम्पनीले हालसम्म पनि लाभांश नलिएका शेयर धनीलाई शेयर प्रमाणपत्रका साथै आफ्नो परिचयपत्र सहित अबको ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको शेयर रजिस्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा बुझ्न आग्रह गरेको छ।
उक्त अवधिभित्र आफ्नो नगद लाभांश नलिएमा सो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।यसका साथै आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्मको लाभांश लिन बाँकी शेयरधनीले पनि एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन कम्पनीले आग्रह गरेको छ।






About Us
प्रतिक्रिया