विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र संशोधन, १५ हजार बढीको सेवा आयातमा नियामकको सिफारिस


काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र संशोधन गर्दै विभिन्न व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले निर्यात प्रयोजनको लागि प्राप्त रकमको अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी निर्यातकर्तालाई रकम भुक्तानी दिनुपर्ने बताएको छ । यो व्यवस्था लागु हुनुपूर्व निर्यात रकम भित्रिई अग्रिम भुक्तानी प्रमाणपत्र जारी नभएकाको हकमा २०८२ पुस मसान्तभित्र अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्न बाधा नपर्ने सो परिपत्रमा उल्लेख छ ।

केन्द्रीय बैंकले प्रति पटक अमेरिकी डलर १५ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा नियामक निकायको सिफारिस लिनुपर्ने बताएको छ भने यसअघी १२ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा नियामक निकायको सिफारिस लिनुपर्ने व्यवस्था थियो ।

यस्तै, सेवा आयात गर्दाको हकमा प्रति पटक अमेरिकी डलर १५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा भन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्ने उल्लेख छ ।