एसबीआई बैंकले सूचना निकाल्दै शेयरधनीलाई भन्यो,‘५ वर्ष पुरानो नगद लाभांश लैजानुस्’


काठमाडौं – नेपाल एसबीआई बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५२/५३ देखि २०७५/०७६ को नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको हो । बैंकले सूचना निकाल्दै ५ वर्ष अवधि सकिसक्दा पनि केही शेयरधनीले लाभांश लिन नआएकाले सो लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको हो ।

बैंकको २०७६ मंसिर २९ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले आव २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । बैंकका अनुसार शेयरधनीको अद्यावधिक खातामा लाभांश जम्मा गरिसकिएको छ । तर,डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएका तथा अन्य कारणले भुक्तानी लिन बाँकी रहेकाले आफ्नो लाभांश लैजान बैंकले आग्रह गरेको छ ।

साथै, २०७५/७६ पश्चात् बैंकको साधारण सभाबाट पारित लाभांश समेत संकलन तथा दावीका लागी बैंकको शेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लेखनाथमार्ग ठमेल काठमाडौंमा सम्पर्क राख्नुपर्ने कम्पनीले जनाएको छ ।