भिजाको औपचारिक कार्यालय काठमाडौंमा, प्रमुखमा मनोज थापा


काठमाडौं – डिजिटल भुक्तानी प्रदायक कम्पनी भिसाले काठमाडौंमा नेपाल कार्यालय औपचारिक रूपमा सञ्चालन गरेको छ। भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्न लागेको कम्पनीले जनाएको हो ।

नेपालमा डिजिटल भुक्तानीको विस्तार र सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो रणनीतिक कदम चालेको कम्पनीले जनाएको छ । यसले उपभोक्ता र व्यापारी दुवैका लागि सुरक्षित, सुलभ र आधुनिक वित्तीय समाधान उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।

यस्तै, नेपालको कम्पनीले कार्यालय प्रमुखका रुपमा मनोज थापालाई नियुक्त गरेको छ।