काठमाडौं – एभरेष्ट बैंकले केयर रेटिङ नेपाल लिमिटेडबाट ‘केयर एनपी एए’ अर्थात् डबल ए श्रेणीको इश्युअर रेटिङ प्राप्त गरेको छ । यस रेटिङ स्तरमा रहेका इश्युअरहरूलाई नेपालमा समयमै वित्तीय दायित्वहरूको सेवा गर्ने सन्दर्भमा उच्च सुरक्षाको मान्यता दिइन्छ। यस्ता इश्युअरहरूमा निकै कम क्रेडिट जोखिम रहेको मानिन्छ।
२०८१ सालको चैत मसान्तसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब ७ लाख रूपैयाँ पुगेको छ। पुँजीकरण स्तर कायम राख्दा नियामकीय सीमा पुरा गर्न र भविष्यमा ऋण विस्तार गर्न पर्याप्त देखिएको छ ।
बैंकको हालको रेटिङ बलियो वित्तीय सूचकहरू, जोखिम नियन्त्रण र नियामकीय अनुपालन क्षमतामा आधारित छ। यसबाहेक, भविष्यमा पनि बैंकले सम्पत्ति गुणस्तर कायम राख्न, पुँजी पर्याप्तता बचाइराख्न र नियामकीय परिवर्तनहरू सम्हाल्न सक्नुपर्ने उल्लेख छ ।



About Us
प्रतिक्रिया