काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकको नाफामा उलेख्य मात्रामा वृद्धि देखिएकाे छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा बैंककाे नाफामा उल्लेख्य वृद्धि देखिएकाे हाे ।
बैंकले गत आवमा २ अर्ब ११ करोड नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो नाफा चार सय गुणाले बढी हाे । बैंकले आर्थिक वर्ष २०८०/८१ मा प्रावधान रकम ६ खर्ब देखाएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा भने २ अर्ब मात्र देखिएकोले नाफामा आकर्षक सुधार देखिएको हो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब ८ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी बढेर ८ रुपैयाँ ०६ पैसा पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ऋणात्मक छ। त्यसैगरी, बैंकको सञ्चालन नाफा अघिल्लो वर्ष ९७ करोड ३९ लाख रुपैयाँ रहेकोमा गत वर्ष ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब रुपैयाँ र रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) अघिल्लो वर्ष ५ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष घटेर २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक कायम भएको छ।
बैंकको खराब कर्जा (एनपीएल) ५.९६ प्रतिशतबाट बढेर ६.६२ प्रतिशत पुगेको छ। बैंकले १ अर्ब ३८ करोड रुपैयाँ सापटी लिएर २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरी ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ।






About Us
प्रतिक्रिया